Logo

चितवन २ मा रास्वपाका रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपानेले भोट हाल्न नपाउने



काठमाडौं, वैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन २ बाट भोट हाल्न नपाउने भएका छन् । लामिछानेसँगै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि त्यहाँ मतदान गर्न नपाउने भएका हुन् ।

रविको मतदाता नामावली काठमाडौं रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नं ३ मा रहेकोले दुवैजनाले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

यता नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावी शक्तिखेरबाट मतदान गरेका छन् ।

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि उपनिर्वाचन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्