Logo

तनहुँ १ मा एमालेलाई सघाउने कुनै निर्णय भएको छैन, भ्रममा नपर्नुहोलाः रास्वपा



काठमाडौं, वैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा (एमाले) का कार्यकर्ताले पार्टी सभापति रवी लामिछानेको नक्कली फेसबुक पेज बनाएर तनहुँ १ का मतदातालाई भ्रमित पारिरहेको जनाएको छ ।

रास्वपाले लामिछानेको नक्कली फेसबुक पेजमार्फत तनहुँ १ मा एमाले र रास्वपाको चुनावी गठबन्ध भएकाले रास्वपाले एमालेलाई सघाउने निर्णय गरेको भ्रम छरिरहेको जनाएको हो ।

रास्वपाले कुनै दललाई समर्थन नगरेको जनाउँदै आफ्ना मतदातालाई भ्रमित पार्ने गलत पोस्ट देखी सजग रहनसमेत आग्रह गरेको छ ।

तनहुँ १ मा रास्वपाको आफ्नै उम्मेदवार रहेकाले स्वर्णिम युगको तयारी अनुसार त्यहाँका उम्मेदवार स्वर्णिम वाग्लेले श्री सत्यवती माध्यमिक विद्यालय, व्यास २, दमौली मतदान केन्द्रको अवलोकनमा रहेको जनााएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot