Logo

माओवादी केन्द्रका युवाहरुसँग बाबुराम, नयाँ राजनीतिक विकल्प निर्माणमा जोड



काठमाडौं, १० बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा नयााँ राजनीतिक विकल्प निर्माणमा योगदान गर्नुपर्नेमा जोड दिएका छन् । आज (आइतबार) माओवादी केन्द्रका १ नं प्रदेशका युवाहरुसँग समाजवादी ध्रुवीकरणवारे उनले विमर्श गर्दै यस्तो बताएका हुन् ।

सो क्रममा उनले विभिन्न दलरसमूहका अग्रगामी सोच राख्नेहरू वीच सौहार्द्रपूर्ण वैचारिक विमर्श गर्दै देशमा नयॉ राजनीतिक विकल्प निर्माणमा योगदान गर्न जोड दिएका छन् । अन्यथा देश अध्याँरो सुरूंगमा फस्न सक्ने पनि उनले खतरा औंल्याएका छन् । पछिल्लो समय बाबुराम माओवादीसँग एकताको लागि गृहकार्यमा छन् । उनले अब समृद्धिको लागि नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्