Logo

एमाले अध्यक्ष ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता



काठमाडौं,१० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता भएको छ ।

महासंघ प्रतिनिधिसँगको भेटमा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरी कानून बनाइए निजी क्षेत्रको थप एक नियामक थपिने बताएका छन् ।

यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उनको भनाई छ । ओलीले उक्त विधेयक राष्ट्रियसभाबाट पारित हुने बेलासम्म पनि आफूलाई जानकारी नभएको बताए ।

प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्फ संघले ध्यानाकर्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot