Logo

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चूनौति र सम्भावना विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले उक्त मोर्चाले सबैलाई नेकपातिर फर्कन अपिल गर्ने पनि विश्वास दिलाए । उनले नेकपा हिजो एकाध नेताको कारणले दुर्घटनामा परेको भएपनि लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको एकता भएको उल्लेख गरे ।

उनले भने,‘त्यो एकता हामीद्धारा प्रस्तावित हो । हामीले अब देशको आवश्यकत्तालाई हेरौं । आग्रह वा पूर्वाग्रहमा नजाऔं ।’ उनले अब विचारात्मक रुपमा आत्मसमिक्षा गर्न जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot