Logo

अतिथिले कार्यक्रम छोडेर हिँडेपछि झलनाथको आक्रोश, ‘कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस्’‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍



काठमाडौं, १० बैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस् भन्दै आक्रोश पोखेका छन्।

एकीकृत समाजवादीले आइतबार आयोजना गरेको कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठी कार्यक्रममा आमन्त्रण गरेका अतिथिहरु गएपछि उनले कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस् भन्दै आक्रोश पोखेका हुन्।

कार्यक्रममा अन्तिमसम्म बसेर बहस र छलफलमा सहभागी हुनुपर्नेमा बोल्दै हिँड्दै गरेमा केही अर्थ नहुने भन्दै नेता खनालले भने, ‘कोही अप्ठ्यारो परेर वा बिरामी भएर जानुभए बेग्लै कुरा भयो। सहज हुँदाहुँदै कार्यक्रम छोडेर जानुभएको हो भने राम्रो होइन।’

कार्यक्रममा सबै अतिथि बोल्दै हिँडेर गएपछि खनालले कसैलाई सम्बोधन नगरी भने, ‘हामीले आज यति महत्त्वपूर्ण कार्यक्रममा राखेको थियौँ। बोलाएका अतिथिलाई डेढ घण्टा बस्ने फुर्सद भएन। मेरो सन्देश पुर्‍याई दिनुस्। कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस्। आचरण पुनर्विचार गर्नुभएन भने यो देशको निम्ति धेरै योगदान गर्न सक्नुहुन्न।’



प्रतिक्रिया दिनुहोस्