Logo

एमाले नेता बास्कोटाको रविलक्षित टिप्पणीः ‘कानुन हातमा लिन खोजेपछि समस्या हुन्छ’



काठमाडौं, १० वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले कानुन मान्न र पालना गर्न सबै समक्ष आग्रह गरेका छन् । चितवन–२ को उपनिर्वाचनलाई लक्षित गर्दै उनले कानुन हातमा लिन खोजे समस्या हुने बताएका हुन् ।

‘कानुन मानौ र पलना गरौ। कानुन हातमा लिन खोजे पछि समस्या हुन्छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
चितवन– २ को नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा रास्वपाका सभापति रवि लामिछाने समर्थकले नाराबाजी गर्दा केही घण्टा त्यहाँको मतदान प्रभावित भएको थियो । रास्वपाले माफी माग्ने शर्तमा पुन मतदान सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्