Logo

बारा-२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, आजै मतगणना थालिने



काठमाडौं, १० बैशाख । बारा क्षेत्र नम्बर–२ मा आज भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

मतदान भने शान्तिपूर्ण रुपमा भएको थियो । बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएअनुसार ६० प्रतिशत मत खसेको अनुमान छ ।

मतपेटिका संकलन गरिसकेपछि यथाशक्य चाँडो मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना भने कलैयाको गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot