Logo

नेपाल व्यापार संघका पदाधिकारले भेटे उद्योगमन्त्री रिजाललाई, यस्ता छन् माग



काठमाडौं, १० बैशाख । नेपाल व्यापार संघका पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । सो अवसरमा संघले मन्त्रीसमक्ष २० बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । उद्योगी तथा व्यवसायीका समस्याको निराकरण तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि संघले राखेको अपेक्षाप्रति आफु सधैं उधोगी व्यवसायीको पक्षमा रहेको भन्दै मन्त्री रिजालले आफु सकारात्मक रहेको बताएका थिए ।

संघले बुझाएको ज्ञापनपत्रमा बैंक तथा बित्तिय संस्थाको व्याजदर एकल अंकमा कायम गर्नुपर्ने, हालको भन्सार दरबन्दी घटाउनुपर्ने, विनाधितो कर्जालाई बढाएर २५ लाख बनाउनुपर्ने, दक्ष जनशक्ति उत्पादनका लागि स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, प्रालि कम्पनी तथा प्रोपाईटरसिप फर्मको करको दर घटाएर २० प्रतिशत गर्नुपर्ने केरुङ, खासा चिनियाँ नाकामा नेपाली व्यवसायीहरुका लागि सहज आवतजावतको व्यवस्था गरिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी उद्यो विभागले दिने स्टार्टअप बिजनेसलाई बिनाधितो ऋणको दायरा फराकिलो बनाउदै नेपाली तयारी पोशाक उधोगलाई पनि समेट्न संघले मन्त्री रिजाललाई ज्ञापनपत्रमार्फत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot