
काठमाडौं, वैशाख ११ । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको सोमबार भएको उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । अहिले बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने त्यहाँको तयारी छ ।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।