Logo

तनहुँ १ को अन्तिम मतपरिणाम भोलि बिहानसम्म आइसक्छः प्रवक्ता



काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तनहुँ १ मा एकदमै शान्तिपूर्ण र अत्यन्त सुमधुर वातावरणमा मतगणना जारी रहेको बताएका छन् ।
‘तनहुँ १ मा ६३ हजार मत खस्यो । त्यो भनेको झन्डै ५२ प्रतिशत हो । देवघाट गाउँपालिका दुर्गम र टाढा भएकाले मतपेटिका ११ बजेसम्म संकलन भयो । तुरुन्त सर्वदलीय बैठक राखेर मध्यरातिबाट मतगणना सुरु भयो । अहिले बिहानसम्म १० हजार मत गणना भइसकेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रवक्ता पौडेलले भने । उनले तनहुँको अन्तिम मतपरिणाम भोलि बिहानसम्म सार्वजनिक भइसक्ने पनि बताए ।
चितवन २ र बारा २ मा पनि आजै मतगणना सुरु हुने पौडेलले जनए । उनले थपे, ‘चितवनमा आचारसंहिता उल्लंघन गरेको निवेदन आएको छ । त्यो निर्वाचन कसूर ऐन र आचारसंहिता उल्लंघन गरेको प्रक्रियामा जान्छ । त्यसलाई कानुनी र व्यावहारिक रुपमा तय गरेर चितवन र बारामा आजै मतगणना हुन्छ । मतगणना सुरु गरेको तीन दिनभित्रमा दुवै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot