Logo

दश तस्विरमा सुनुवार (कोइँच) समुदायको साँस्कृतिक महोत्सव



ओखलढुंगा, वैशाख ११। सुनुवार (कोइँच)समुदायको साँस्कृतिक महोत्सव ओखलढुंगाको पोकलीमा सम्पन्न भएको छ । मंगलबार लिखु गाउँपालिका ९ पोकलीको वाच्पुमा दुईदिने महोत्सव भव्यताका साथ सम्पन्न भएको हो ।

सुनुवार समुदायको मौलिक कला तथा संस्कृतिको उजागर गर्ने उदेश्यले आयोजना भएको महोत्सवका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले उद्घाटन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नेपाल सरकार कला संस्कृति संरक्षणमा लागि परेको बताए । उनले यसका लागि विशेष योजना सहित काम अघि बढाएको समेत दाबी गरे।

महोत्सवमा सुनुवार समुदायको कला संस्कृति चण्डीनाच, तामाङ सेलो, शेर्पा समुदायको स्याब्रु नाच, क्षत्री बाहुन लगायतका समुदायको बालन नाच र मगरहरुको मौलिक नाचका साथै झाँकीहरु प्रदर्शन भएको हिमचुली जनजागरण युवा क्लबका अध्यक्ष अर्जुन घिमिरेले बताए ।

कार्यक्रममा विशेष अथिति कांग्रेस नेता तथा संघीय सांसद रामहरी खतिवडाले आफ्नो गृह जिल्लामा पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासका लागि आफु लागि परेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पहलमा केन्द्रिय विद्युत विस्तारको काम धमाधम भइरहेको र अबको वर्ष दिनभित्र जिल्लाको सबै गाउँटोलमा केन्द्रिय विद्युत बल्ने जानकारी दिए।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पनि सुनवार समुदायको कला संस्कृति र रितिरिवाज, भाषा लगायतलाई जोहो गर्न आफु लागि परेको बताए ।

फोटोः मुकुन्द कालिकोट/ रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्