Logo

लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताएका छन् । सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्ने बताएका हुन् ।

‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन म आग्रह गर्दछु । यो अवसरमा बीर योद्धाहरुको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस लगायतका राजनीतिक दलको अन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको भन्दैयसको रक्षाका लागि सबै लाग्नुपर्ने देउवाले बताए । ‘विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ’,विज्ञप्तिमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot