Logo

स्वर्णिम वाग्लेले कटाए १० हजार मत, अन्यको कति ?



काठमाडौं, वैशाख ११ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कुल १८ हजार मत गन्दा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन्। उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले ५ हजार २५६ मतले अगाडि छन्।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्