Logo

कांग्रेस संसदीय दलको बैठकमा बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफल हुँदै



काठमाडौं, वैशाख ११ । आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेमा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेबारे छलफल भइरहेको छ ।

आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई प्राथमिकता दिन सकिन्छ भन्ने विज्ञहरूको राय, सुझाव लिने योजनामा आजको बैठक केन्द्रित रहेको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मालगायतको उपस्थिति रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot