काठमाण्डौ, वैशाख ११ । प्रतिनिधि सभा उपचुनाव अन्तर्गत बारा क्षेत्र नं २ मा हिजो भएको चुनावको मतगणना केहीबेरपछि सुरु गर्ने तयारी छ । मतपेटिका सङ्कलन गरिसकेपछि बिहान सर्वदलीय बैठक बसेको थियो ।
बारा-२ मा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनाको बेला हरेक उम्मेदवारको तर्फबाट एक, एक जना प्रतिनिधि राख्ने सहमति भएको छ । गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ ६८ हजार ८ सय ८६ मत खसेको छ ।