Logo

नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभावित



काठमाण्डौ, वैशाख ११ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित भएको छ । अघि बिहान ९ बजेदेखि नै मूलपानी मैदानमा खेल सुरु हुने भनिए पनि अहिलेसम्म टस हुन सकेको छैन ।

काठमाण्डौमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । नेपाल आज साउदी अरेबियालाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ ।

समूह ‘ए’ मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, आज समूह ‘बी’ का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा हुनेछ । समूह ‘बी’ मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदाे सेप्टेम्बरमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot