काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले नेपालभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति आभार व्यक्त गरेका छन् । निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिले उनी कांग्रेस र एमालेका उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अघि छन् । अहिलेसम्म २३ हजार मत भन्दा बढि मतगणना भएको छ । जसमा वाग्लेले ११ हजार ६ सय ७७ मत ल्याएका छन् । उनलाई पछ्याएका कांग्रेसका गोविन्द भट्टराईको ६ हजार ७ सय ८७ मत छ ।
वाग्लेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवसरमा आज विहानै फेशबुकमार्फत मतदाताहरुप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्-
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
तपाईंहरूको अपार माया, सहयोग र सद्भावले २० दिनको चुनावी यात्रा आजको निर्वाचन सम्पन्न भए पश्चात पूरा भएको छ । तपाईँहरूले आज आफ्नो मताधिकार प्रयोग गरेर देशको लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,
सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।आगामी दिनहरूमा तपाईँहरूकै माझ रहने र नियमित सम्पर्कमा रहने पनि वाचा गर्दछौं ।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौंिकाय
राष्ट्रिय स्वतन्त्र पार्टी