Logo

प्रचण्ड र म एउटै पार्टीमा रहनेबारे छलफल चलेको छ : विप्लव (भिडिओसहित)



काठमाडौं, ११ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरु र नेकपा (माओवादी केन्द्र) एकै ठाउँमा रहनेबार छलफल चलिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी सँगै रहनेबारे छलफल चलिरहेको छ । छलफल गम्भीरतापूर्वक चलेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा पनि छलफल चलेको छ । तर, त्यो टुँग्एिको विषय होईन । किनकी हाम्रा त आफ्ना आफ्ना विचार र दृष्टिकोणहरु छन् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले नेपालका सबै कम्युनिष्टहरुलाई एक बनाउनको लागि आफूले पनि पहल गरिरहेको सुनाए । उनले यो सम्भव रहेको पनि बताए ।

उनले पछिल्लो कालखण्डमा विभिन्न प्रयोग भएको भन्दै अब सबैले आफ्नो अनुभवबाट सिकेर कम्युनिष्टहरुलाई एकीकृत हुन प्रेरणा मिलेको पनि सुनाए । उनले नेपालमा दश वर्षको जनयुद्धले ठूलो परिवर्तन ल्याएको दाबी गरे । उनले जनयुद्धले सामाजिक, वर्गीय, जातीय, भेगीय सबै हिसाबले ठूलो उथलपुथल गरेको स्मरण गराए । उनले आफूले एकपटक यो देशको नेतृत्व लिन चाहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot