Logo

रविले भने : यो देश अब युवाले हाँक्छन्



काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश ब युवाले हाँक्ने बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई अहिलेको विन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएको स्मरण गर्दै अहिलेपनि देश जहाँको त्यहीँ रहेको गुनासो पोखेका छन् । उनले व्यवस्था सुध्रिएपनि नागरिकको अवस्था नसुध्रिएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्-

यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन रु राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन रु अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।

 



प्रतिक्रिया दिनुहोस्