Logo

उपनिर्वाचनको मतपरीणाम आउँदै गर्दा देउवा भन्छन्, ‘कांग्रेसमा सुधार चाहियो’



काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सुधार चाहिएको बताएका छन्।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले कांग्रेस ठूलो पार्टी भएरपनि जनताले चाँसो नदेखाएको भन्दै अब सुधार चाहिएको बताएका हुन्।

अगामि बजेट निर्माणमा आफ्ना सांसद्‍हरुको सुझावसंकलनका लागि बोलाइएको बैठकमा सभापति देउवाले उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राखेको बैठकमा उपस्थित एक सांसदले बताए।

उनले भने, ‘अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्योसँगै कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने कार्यक्रम आउनुपर्छ, साना जनतासँग जोडिने कार्यक्रम आउनुपर्छ। बिपी कोइरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो। अरु बेला कांग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा नआएको चिन्ता गरे।’

बैठकमा सबै सांसद्‍हरुले बोल्ने क्रम नसकिएपछि भोलि(मंगलबार) १० बजे बैठक बस्ने गरेर सकिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot