काठमाडौं, ११ वैशाख। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार डा स्वर्णिम वाग्लेले ९ हजार ३४९ मतको अग्रता बढाएका छन्।
वाग्लेले २२,२६० मत पाउँदा उनलाई नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई १२,९११ मतसहित पछ्याइरहेका छन्।
यस्तै, एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले ६,५९३ मत पाएर तेश्रोमा रहेका छन्।