काठमाडौं, ११ बैशाख । बारा-२ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले ३२१४ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याएका छन् ।
कुशवाहाले २८१३ मत प्राप्त गरेका छन् । यसअघि ६ सयको मतान्तरमा कुशवाहाले अहिले मतान्तर घटाएका छन् । यादव र कुशवाहाबीच अहिले जम्मा ४ सय १ को मतान्तर छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले १३३५ मत ल्याएका छन् ।