काठमाडौं, ११ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
काठमाडौंबाट दुबई उडेको विमान केहिवेरमै इञ्जिन फेल भएपछि फोर्स ल्याण्डिङ गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अहिले विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ राखिएको छ । अहिलेपनि जहाजले आकाशमै फन्को लगाईरहेको बताईएको छ ।
file photo