Logo

फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ : मन्त्री किराँती



काठमाडौं, ११ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गएको दाबी गरेका छन् ।

यसअघि दुवईको लागि उडेको फ्लाई दुवईको जहाजको ईञ्जिनमा समस्या आएर काठमाडौं एयरपोर्टमा फोर्स ल्याण्डिङ गर्न लागिएको बताईएको थियो । तर, विभागीय मन्त्रीले नै विमान सुरक्षित आफ्नो गन्तव्यतर्फ अघि बढेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्