Logo

रवि लामिछाने एमालेका न्यौपानेभन्दा झण्डै ९ हजार मतले अघि



काठमाडौं, ११ बैशाख । चितवन-२ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार रास्वपाका उम्मेदवार रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् । अहिले भरतपुरको मतगणना जारी छ ।

जसमा लामिछानेले १२ हजार ५ सय ४२ मत ल्याएका छन् । यस्तै, नेकपा (एमाले) का नेता रामप्रसाद न्यौपानेले ३ हजार ५ सय ७० र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ३ हजार ५ सय ५४ मत ल्याएका छन् । रवि लामिछाने र एमालेका न्यौपानेबीच झण्डै ९ हजार मतको अन्तर छ ।



प्रतिक्रिया दिनुहोस्