Logo

तनहुँ-१ मा स्वर्णिमको जित सुनिश्चित्, गन्न बाँकी रहेको मतभन्दा अग्रता धेरै



काठमाडौं, १२ बैशाख । तनहुँ-१ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित् भएको छ। अहिले मतगणना जारी छ । तर, गन्न बाँकी रहेको मतभन्दा पनि धेरैको मतान्तर बनाएपछि वाग्लेको जित सुनिश्चित् भएको हो ।

अहिलेसम्म ५३ हजार १ सय २८ मत गणना भैसकेको छ । जसमा डा. वाग्लेले २७ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।

वाग्लेले भट्टराईसँग १२ हजार ३ को फराकिलो मतान्तर बनाएका छन् । यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ३ सय ७९ मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा सो क्षेत्रमा जम्मा ६३ हजार ७ सय ५७ मत खसेको थियो । अब १० हजार ६ सय २९ मत गन्न बाँकी छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्