काठमाडौं, १२ बैशाख । चितवन-२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म भएको २४ हजार ७ सय ७९ मतगणनामा रास्वपाका रवि लामिछानेले १५ हजार ८ सय ७४ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् ।
अहिले भरतपुरको मतगणना जारी छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ४ हजार १ सय ४५ मत ल्याएका छन् । एमालेका रामप्रसाद न्यौपानेले भने ३ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् ।
जम्मा बदर मत भने ४ सय ३४ रहेको छ । यो क्षेत्रमा यसअघि मंसिरमा भएको निर्वाचनमा पनि लामिछाने भारी मतान्तरले विजयी भएका थिए । File Photo/ReportersNepal