Logo

बजार अनुगमनलाई प्रभावकारी बनाउ २८ करोडका मोबाइल भ्यान बेवारिसे



काठमाडौं, वैशाख १२ । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने नाममा २८ करोड रुपैयाँ खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको पाँच वर्ष भएको छ ।

खाद्यान्नको गुणस्तर परीक्षणका लागि दैनिक रुपमा बजारमा घुम्नुपर्ने यी मोवाइल भ्यान अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा थन्किएका छन् । त्यो पनि एक दुई दिन वा महिना होइन, पूरै चार वर्ष ।

पाँच वर्षअघि अर्थात् आव २०७४/०७५ मा खरिद गरिएका यी मोबाइल भ्यान विभागले खाद्य गुणस्तर परीक्षणका लागि एक वर्षभन्दा धेरै समय प्रयोग गरेको छैन् ।

विभागले भ्यानलाई दैनिक बजार अनुगमनमा लैजानुपर्नेमा बेवारिस बनाएको छ । विभागले अनुगमनलाई बेवास्ता गर्दा बजारभर छ्यापछ्याप्ती अखाद्य वस्तु बिक्री भइरहेको छ । उपभोक्ता गुणस्तरहीन र अखाद्य वस्तु उपभोग गर्न बाध्य छन् । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्