पोखरा, वैशाख १२ । मुख्यमन्त्री पदमुक्त भएको तीन दिन बित्दासमेत गण्डकी प्रदेशमा सरकार गठनको आह्वान हुन सकेको छैन । नेपाली कांग्रेस वा माओवादी केन्द्र कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषय पेचिलो छ । उता, प्रदेश प्रमुख पृथ्वीमान गुरुङ कानुनविद् तथा दलसँगको परामर्शमा केन्द्रित छन् ।
गठबन्धकै दल माओवादीले नेपालको संविधानको धारा १६८९३० बमोजिम सरकार गठनको आह्वान भए समर्थन दिन नसकिने चेतावनी दिएको छ ।
उसको माग सर्वोच्च अदालतको नजिरबमोजिम गण्डकीमा नेपालको संविधान धारा १६८९२० बमोजिम नै सरकार गठन हुनुपर्छ भन्नेछ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘प्रदेश प्रमुख संविधानको धारा १६८(२)बमोजिम सरकार गठनको आह्वान गर्नुपर्छ । अदालतले त्यत्रो व्याख्या गर्दागर्दै ३ बमोजिम गर्ने भन्ने कुरा सम्भव नै छैन । हामीलाई मान्य हुँदैन ।’ आजको राजधानी दैनिकबाट