Logo

नयाँ बजेट निर्माण, उपनिर्वाचनको समिक्षा गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, वैशाख १२। सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा अहिले विहान १० सुरु हुने आजको बैठकमा नयाँ बजेट निर्माण, उपनिर्वाचनको मतपरिणामलगायत विषयमा छलफल हुनेछ ।

यसअघि कांग्रेस संसदीय दलको बैठक हिजो सोमबार पनि बसेको थियो । आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफल गर्न बसको हिजोको बैठकमा आगामी आर्थिक वर्षको बजेमा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेबारे छलफल भएको थियो ।

आजको बैठकमा पनि आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई प्राथमिकता दिन सकिन्छ भन्ने विज्ञहरूको राय, सुझाव लिने योजनामा केन्द्रित रहने जनाइएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरुको उपस्थिति रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot