Logo

भृकुटीमण्डप जुत्ता चप्पल व्यापार मेलाः सस्तोमा राम्रो जुत्ता किन्ने अवसर



काठमाडौं, वैशाख १२ । राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा जारी रहेको छ । भृकुटीमण्डप गेट सँगैको सानो चौरमा जारी जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ ।

आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो छ ।

५० प्रतिशतसम्म छुटसहित वारेन्टीको समेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक गंगा श्रेष्ठले जानकारी दिए । उनले भने, ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलाले दिएको छ । सस्तो र बलियो जुत्ताको रोजाईमा रहेका ग्राहकहरु दैनिक रुपमा मेलामा बढ्दै गएका छन् ।’

जारी मेलामा पूर्व प्रधानमन्त्रीदेखि पार्टीका शिर्षनेताहरु पनि समय मिलाएर उपस्थित भएर अवलोकन गर्ने क्रम जारी रहेको उनले बताए । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा जारी‘वृहत जुत्ता चप्पल व्यापार मेलाको अवलोकन गरेपछि मेलामा उपभोत्ताको आकर्षण बढेको समेत आयोजक श्रेष्ठको भनाई छ ।

पुर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मा, सांसद प्रदिप पौडेल लगायतका नेताहरुमेलाको अवलोकनमा पुगिसकेका छन् । मेलाको भ्रमण तथा अवलोकन पश्चात पूर्वप्रधानमन्त्री ओलीले उक्त अवसरमा स्वदेशी ब्राण्डका जुत्ता चप्पललाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका राखेपछि उनका प्रसंसकहरु दैनिक रुपमा मेलाको अवलोकनमा आउनेक्रम बढेको आयोजकको दाबी छ ।। ओलीले मेलामा रहेका सबै स्टलहरुको प्रत्यक्ष अवलोकन गर्दै सबै जुत्ता मन परेको प्रतिक्रिया दिएका थिए ।

मेलामा स्वदेशी उत्पादनका शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

ग्राहकको चाहना र आवश्यकता अनुसार एउटै छानामुनि विभिन्न ब्राण्डका जुत्ता चप्पलहरु खरिद गर्न सक्ने मौकाको फाइदा उठाउन विगतका वर्षभन्दा यसवर्ष उपभोक्ताहरुको भिड लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस्