Logo

बारा-२ को मतगणना पुन : सुरू



काठमाडौं,१२ वैशाख । बारा -२ को मतगणना पुनः सुरू भएको छ ।

मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।

ताजा परीणाम अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ४ हजार ५ सय भन्दा धेरै मतले अगाडि छन् ।
उपेन्द्रले १३ हजार ८ सय ५ मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशवाहाले ९ हजार २ सय ३१ मतसहित उनलाई पछ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot