Logo

संसद्मा प्रधानमन्त्रीको दर्शन पाउनु दुर्लभ भयो– रघुजी पन्त



काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका एजेण्डा संसद्मा जानकारी हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले आफूले पटक–पटक संसद्मा भारत भ्रमणको एजेण्डा प्रस्तुत गर्न आग्रह गर्दा पनि प्रधानमन्त्री प्रचण्डले वास्ता नगरेको उनको आरोप छ ।

‘भारत भ्रमणको एजेण्डाहरु के–के हुन् भन्ने कुराहरु संसद् चलिरहेको बेलामा पनि हामीले अखबारहरुमा पढ्नु परेको छ । बाहिरी माध्यमहरुमा सुन्नु परेको छ । संसद्भित्र हामीले पटक–पटक आग्रह गर्दा पनि भारत भ्रमणका बारेमा प्रधानमन्त्री आएर एक शब्द भन्नु भएको छैन । प्रधानमन्त्रीको त अनुहार हेर्न र दर्शन पाउन पनि दुर्लभ भइसक्यो । यो महत्वपूर्ण विषयमा संसद्भित्र छलफल होस्’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot