काठमाडौं, १२ बैशाख । नागरिकताविहीन संघर्ष समिति नेपाल, मधेश प्रदेशले नागरिकता विद्येयक २०७९ तत्काल प्रमाणीकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिले आज मानव अधिकार प्रमुखलाई भेटेर नागकिरता विद्येयक तत्काल प्रमाणीकरण गर्न ध्यानाकार्षण गराएको हो ।
समितिले केन्द्र सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि ध्यानाकार्षण गराएको हो । नागरिकता नहुँदा लाखौं बास्तविक जन्मसिद्ध नागरिक र एकल आमाका सन्तान नागरिकता प्राप्तिको हकबाट बञ्चित भएको गुनासो पोखेको छ । समितिले आफ्नै देशमा शरणार्थीको जस्तो जीवन बिताउनुपरेको भन्दै दुःख व्यक्त गरेको छ ।