Logo

सामान्य हिँडडुल गर्न थाले राष्ट्रपति पौडेल



काठमाण्डौ, वैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको र उनी सामान्य हिँडडुल गर्न थालेका छन् । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उनको उपचार भैरहेको छ ।

छाती र पेटमा समस्या देखिएपछि उनलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गएको चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । चैत २२ गते डिस्चार्ज भएका राष्ट्रपति पौडेललाई सोमबार पुनः शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भारत लगिएको हो ।



प्रतिक्रिया दिनुहोस्