Logo

बाबुरामले सम्झिए १० वर्षअघिको नयाँ शक्ति निर्माणको कुरा



काठमाडौं, १३ र्बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले १० वर्ष पहिल्यै नेपालमा नयाँ शक्ति निर्माणको कुरा गरेको स्मरण गराएका छन् । उनले आफूले नयाँ शक्ति निर्माणको कुरा गर्दा तीन विकल्प अघि सारेको उल्लेख गरेका छन् । जसमा पहिलो विकल्प पूराना शत्तिःहरुको रुपान्तरण, दोस्रो भनेको विभिन्न पार्टीहरु भित्रका विचार मिल्नेहरुको ध्रुवीकरण र तेस्रो भनेको विल्कुल नयाँ ढंगले निर्माण गर्ने कुरा उनको भनाई छ ।

उनले लेखेका छन्–

मैले १० बर्ष पहिले “ नेपाल साप्ताहिक” मा प्रकाशित गरेको नयाॅ शक्ति निर्माणको आवश्यकता र औचित्य सम्बन्धी यो लेख एकपटक सबैले हेर्ने कि?
मैले त्यति वेलादेखि नै नयाॅ शक्ति निर्माणका तीन विकल्पहरूवारे कुरा गर्दै आएको छुः पहिलो, पुराना शक्तिहरूको रूपान्तरण; दोश्रो,विभिन्न पार्टीहरू भित्रका विचार मिल्नेहरूको ध्रुवीकरण; र तेश्रो, विल्कुल नयाॅ ढंगले निर्माण !


प्रतिक्रिया दिनुहोस्