Logo

विष्णु रिमालले सुनाए उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश



काठमाडौं, १३ बैशाख। नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले बैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनले अंकगणितीय मात्रै नभएर मनोवैज्ञानिक सन्देश पनि दिएको उल्लेख गर्दै त्यसलाई आत्मसात् गर्न सुझाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत रिमालले ‘उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश भनेको ‘अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ् गर र डेलिभरीको तरीका फेर’ भन्ने भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–

उपनिर्वाचनको अङ्कगणितीय मात्र हैन, मनोवैज्ञानिक सन्देश पनि छ ।
अङ्कगणित, सत्तासमिकरणमा तात्विक फरक पार्ने खालको छैन ।
मनोवैज्ञानिक सन्देश भने महत्वपूर्ण छ।
ठुलापार्टी लक्षित “सच्चिने” शब्दको भाव, “अहिलेको’मा सुधार गर” भन्ने होला ।
मनोबैज्ञानिक सन्देश ‘कार्यशैली सुधार गर’ भन्ने मात्र हैन ।
नयाँ ‘मार्केटिङ्–स्टन्ट’ पछ्याउ भन्ने पनि हैन ।
‘अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ् गर र डेलिभरीको तरीका फेर’ भन्ने हो ।
मेरो बुझाई सहि हो भने यो मनोविज्ञानलाई आत्मसात गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot