Logo

तेक्वान्दो मास्टर टाइटलको उपाधि लक्ष्मण बस्नेतलाई



काठमाडौं, वैशाख १४ । तेक्वान्दो आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले तेक्वान्दो मास्टर टाइटल प्राप्त गरेका छन् ।तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गरेक हुन् ।

अध्यक्ष बस्नेतले दुई हप्ताको बिशेष तालीम पश्चात गत एप्रिल १७, २०२३ मा बेलायतको लण्डन स्थित आईटीएफ सेन्टरमा आईटीएफका भाइस प्रेसिडेंट ग्राण्डमास्टर ट्रेवर निकोल्सले लिएको परीक्षा उत्तीर्ण भई मास्टर टाईटल प्राप्त गरेका हुन् ।

बिगत ३५ बर्षदेखि लगातार तेक्वान्दो खेल विकासमा लागिपरेका बस्नेतले विभिन्न राष्ट्रिय, अन्तराष्ट्रीय तथा विश्व तेक्वान्दो प्रतियोगींतामा समेत पदक जितेका थिए । उक्त ग्रेडिंग पश्चात तेक्वान्दो आईटीएफ नेपालका खेलाडी गायजी खड़का अप्रिल २२, २३ मा अष्स्ट्रेलियाको मेलबर्नमा सम्पन्न थर्ड ग्लोबल तेक्वान्दो प्रतियोगीतामा सहभागी भएको र खड्काले इन्डिभिजुअल स्पेयरिंग माइक्रो वेट्मा रजत पदक जीतेका छन् ।

खेलको फाइनलमा खड्का अष्स्ट्रेलियन खिलाड़ी केभिन क्वाच संग पराजित भयका थिए । प्रतियोगिता पश्चात आयोजना भयेको आईटीएफ हल अफ फेममा मास्टर लक्ष्मण बस्नेतले इंटरनेशनल एम्बेसडर अवार्ड, गायजी खड़काले इंडोमेटिएबल स्प्रिट अवार्ड र नेपाल कै सस्मन बस्नेतले आउटस्टैंडिंग ऐथलेट अवार्ड प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot