काठमाडौं, वैशाख १४ । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको नेपालले खराव सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाई सकेको छ । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भएका छन् ।
कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। गायन मुनवीराले नै पहिलो ओभरको दोस्रो बलमा भुर्तेललाई खुर्राम शहजादबाट क्याचआउट गराएका थिए।
प्रतियोगितामा एउटा पनि जित निकाल्न नसकेको कतार नेपाललाई हराएर सुखद् ‘अन्त्य’ गर्न चाहन्छ। यसअघि नै सेमिफाइलन पुगिसकेको नेपाल भने कतारलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ।
समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको थियो। यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाइलन पुगिसकेको छ।
बिहीबारको खेलमा कतारलाई हराएर नेपाल समूह विजेता बन्ने छ। कतारलाई हराए नेपाल समूह विजेतको रुपमा ७ अंकका साथ सेमिफाइनलमा पुग्नेछ।
कतारसँगको खेलमा पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ।