Logo

कतारविरुद्ध संघर्षशील नेपाल,बनायो १०० रन



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको नेपालले एक सय रन पुरा गरेको छ ।

लगातार विकेट गुमाइरहेको नेपालले २५।४ ओभरमा एक सय रन पुरा गरेको हो ।

नेपालले लगातार विकेट गुमाउने क्रममा निक्कै आशलाग्दा खेलाडी कुशल मल्ललाई ३ रनमा गुमाएको केही समयमै छैटौं विकेटको रुपमा सोमपाल कामीलाई ११ रनमा गुमाएको थियो ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३।३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपाल २६ ओभरमा ६ विकेट गुमाएर १०० रन बनाउँदै खेलिरहेको छ ।

अहिले नेपालको क्रिजमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख रहेका छन । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot