काठमाडौं, वैशाख १४ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन भोलीदेखि माइतीघरमा धर्ना बस्ने भएका छन्।
सामाजिक सञ्जालमार्फत आज एक भिडियो संन्देश सार्वजनिक गर्दै पुनले शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा धर्ना बस्ने बताएका हुन् । उनले माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने सार्वजनिक भिडियो संन्देशमा उल्लेख गरेका छन् ।
पुनले भिडिओमा माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलनको घोषणा गरेका छन् । अनुसन्धान, नबप्रबर्तन र आविष्कारसंग आम नागरिका सन्तानको र मातृभूमीको भविष्य जोडिएकाले शान्तिपूर्ण आन्दोलनमा सरिक हुनसमेत उनले आग्रह गरेका छन् ।
– अनुसन्धान, नबप्रबर्तन र आविष्कार संग तपाइंको, तपाइंको सन्तानको र मातृभूमीको भविष्य जोडिएको छ।
– बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदै सम्म माइतीघर मण्डला क्षेत्र बाट सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न आह्वान गर्दछु ।
– सबैले सोसल मिडियामा शेयर गरि दिनु होला??? pic.twitter.com/WMkr5ZLkvT— Mahabir Pun (@MahabirPun) April 27, 2023