Logo

भरतपुर विमानस्थलमा रहेको शिवानी एयरको ह्यांगर र जहाज हटाउन निर्देशन



काठमाडौं, वैशाख १४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल बन्द अवस्थामा रहेको शिवानी एयरलाई भरतपु विमानस्थलमा रहेको ह्यांगर तथा त्यसमा भएका जहाज हटाउन निर्देशन दिएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भरतपुरमा नयाँ टर्मिनल बनाउनका लागि ह्यांगर भत्काउनुपर्ने भएकाले १५ दिनभित्र भत्काएर बाँकी रहेका जहाज लिन भनेको छ।

यदि १५ दिनभित्र सूचना अनुसार नगरेमा जहाजको स्वामित्व लिएर लिलाम गरिने र ह्यांगर भत्काएर खर्च उठाउने प्राधिकरणले चेतावनी दिएको छ। शिवानी एयरले वायुयान चालक प्रशिक्षण संस्था संचालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिई ह्यांगर बनाएको थियो।

उक्त क्रममा शिवानीले तीनवटा लाइट जहाज पनि राखेको छ। डाइमन्ड काटनाका तीनवटा जहाज पनि रहेका छन्। प्राधिकरणको वाँकी वक्यौता रकम चुक्ता गरी उक्त ह्यांगर भत्काई सो ह्यांगरमा रहेका वायुयान तथा अन्य मालसामानहरु लिनका लागि शिवानीका नाममा सूचना जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्