Logo

नेपालद्धारा कतारसामु १५८ रनको लक्ष्य प्रस्तुत



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा १५७ रनमा अलआउट भयो ।
नेपाललाई सस्तैमा आउट गर्नेक्रममा कतारका अमिर फारुदले सर्वाधिक ४ तथा ओवाइस अह्मदले तीन विकेट लिए त्यस्तै गयान मुनविराले दुइ विकेट लिए ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।

निक्कै कमजोर प्रदर्शन गरेको आजको खेलमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान गरे । ४२ रनको योगदान दिनेक्रममा लामिछानेले आफ्नै रेकर्ड ब्रेक गरेका छन । ओडिआईमा लामिछानेले अहिलेसम्म सर्वाधिक ३५ रन बनाएकोमा आज रेकर्ड ब्रेक गर्दै लामिछानेले ४२ रन बनाएका हुन् ।

त्यस्तै कप्तान रोहितकुमार पौडेल २६,आसिफ शेख १९,दीपेन्द्रसिंह ऐरी १२,सोमपाल कामी १२,आरिफ शेख १०,गुल्सन झा ७,भीम सार्की ६,कुशल मल्ल ३,कुशल भूर्तेल २ र ललित राजवंशी १ रन बनाएर आउट भए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot