Logo

ललितले दिलाए कतारविरुद्ध नेपाललाई पहिलो सफलता



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारलाई पहिलो झट्का लागेको छ ।

कतारले २.२ ओभरमा पहिलो विकेटको रुपमा कम्रान खान आउट भएका हुन् । ८ रन बनाएर खेलिरहेका खानलाई नेपालका ललित राजवंशीले आउट गराएका हुन् ।

प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

ताजा अवस्थामा कतारले ६ ओभरको समाप्तीमा एक विकेट गुमाउँदै ३० रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot