Logo

लुम्बिनीमा डिल्ली चौधरीद्वारा मुख्यमन्त्रीको दाबी पेश



काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले दाबी पेश दाबी पेश गरेका छन् । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले आजसम्मको समय दिएर बहुमतको सरकार बनाउनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । चौधरीले आज कांग्रेस र माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन दाबी पेश गरेका छन् ।

लुम्बिनी प्रदेश सभा कूल ८७ सदस्यीय रहेको छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका एक, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र सांसद रहेका छन् । चौधरीलाई एमाले र राप्रपाका सांसदबाहेक सबै सांसदको समर्थन रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot