Logo

सन्दीप र सोमपालले ३-३ विकेट लिदाँ कतारको आठौं विकेट पतन



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ ।

फेरी एकपटक सन्दीप लाछिाने र सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि नेपाली खलाडिसामु निरिह देखिएको कतारले भर्खरै आठौं विकेटपनि गुमाएको छ ।

कतारले २१।२ ओभरमा आठौं खुरामशाजाड्लाई गुमाएको हो ।
१५ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन् ।

यस खेलमा सन्दीप र सोमपाल कामीले तीन तीन विकेट लिएका छन् ।
यो प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

ताजा अवस्थामा कतारले २२ ओभरको समाप्तीमा ८ विकेट गुमाउँदै ७९ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot