Logo

आज पहाडी भेगमा वर्षा, मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना



काठमाडौं, वैशाख १५। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण आजपनि देशभरको मौसममा बदली कायमै रहने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot