Logo

उपनिर्वाचनमा निर्वाचित तीन सांसदको शपथ आज



काठमाडौं, वैशाख १५ । वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीनजना सांसदले आज शपथ लिँदैछन् । तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्ले, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज शपथ लिन लागेका हुन् ।

निर्वाचित तीनै जनालाई सभामुख देवराज घिमिरेले बिहान साढे ११ बजे शपथ खुवाउने कार्यक्रम रहेको छ । गत ४ मंसिरको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएपछि १० वैशाखमा तीन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्