Logo

कांग्रेस फुटाउन गगन थापालाई अमरेशकुमार सिंहको सुझाव, पार्टी फुटाए गगन थापा प्रधानमन्त्री बन्ने दाबी (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेस फुटाउनको लागि शेखर कोइराला र गगन थापाहरुलाई सुझाव दिएका छन् । उनले शेखर र गगनले पार्टी नफुटाए आगामी पाँच वर्षभित्र कांग्रेसलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने भविष्यवाणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कांग्रेसलाई सुधार्नको लागि पनि पार्टी फुटाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले भने,‘कांग्रेस बनाउनको लागि पनि शेखर कोइराला र गगन थापाहरु पार्टी फुटाउन तयार हुनुपर्छ । त्यसपछि फेरि फष्ट पार्टी कांग्रेस हुन्छ ।’ उनले शेरबहदुर देउवाको नेतृत्वमा कांग्रेस आर्यघाट जाने पनि सनसनीपूर्ण टिप्पणी गरे । उनले भने,‘उहाँ (शेरबहादुर) सँगसँगै कांग्रेस पार्टी पनि आर्यघाट जान्छ ।’

देउवाले सुरुमा शशांक कोइरालालाई समाप्त पारेको, त्यसपछि सुजाता कोइरालालाई पनि राजनीतिक रुपमा समाप्त पारेको उल्लेख गर्दै सिंहले अहिले शेखर कोइरालाहरुलाई पनि सिध्याउन खोजेको आरोप लगाए । उनले शेरबहादुरसँग तालिबानी ग्रुपमात्रै रहेको टिप्पणी गरे । शेखर र गगनले पार्टी फुटाए आफूपनि त्यसमा जाने उनको भनाई छ । उनले कांग्रेस फुट्यो भने शेखर र गगनमध्ये एक जना मुलुकको प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot